Syangja Dainik Media
नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबीलगायतका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्याङ्जाको बिरुवा गाउँपालिका – ६ चिन्नेबास भुवानस्थित ज्याग्दीखोलामा शुक्रबार एउटा जेसिबी र दुईवटा टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

SDO_SYJ ADS

ग १ क ३९९५ नम्बरको जेसिबी साथै ग १ क ५४९८ र ग १ क ५४९९ नम्बरको दुईवटा टिप्पर प्रयोग गरेर ज्याग्दीखोलामा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेकोले प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको प्रहरी टोलीले तीनवटै सवारीसाधनलाई नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए ।

नियन्त्रणमा लिइएका सवारीसाधनहरु आवश्यक कारबाहीको लागि बिरुवा गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update