Syangja Dainik Media
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

स्याङ्जा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १६ स्वर्ण, छ रजत र सात कास्य पदकसहित गल्याङले उपाधि हासिल गरेको हो ।

यस्तै, चापाकोट नगरपालिका १२ स्वर्ण, १८ रजत र ११ कास्य पदकका साथ दोस्रो भएको थियो भने ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक जितेको पुतलीबजार नगरपालिका तेस्रो बनेको थियो ।

SDO_SYJ ADS

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा जेठ १९ गतेबाट स्याङ्जाको चापाकोट नगरपालिका – १० सुन्तलीटारस्थित गंगालाल खेलमैदानमा प्रतियोगितामा भएको थियो । प्रतियोगितामा यहाँका चार पालिकाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेलका विधामा ४३ स्वर्ण, ४३ रजत र ४३ कास्य पदकमा प्रतिस्पर्धा भएको समितिका अध्यक्ष प्रकाश रेग्मीले बताए ।

प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र सामुहिक खेलमा उत्कृष्ट खेलाडी यहि जेठ २६ र २७ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update