
अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि ख्यातिप्राप्त भागवत मञ्जरी राधिका दासी बिहीबार स्याङ्जा आउने भएकी छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -१ जलबराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर दर्शनका लागि बिहीबार भागवत मञ्जरी राधिका दासी यहाँ आउने तय भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिए ।
यही जेठ २९ गते बिहीबार बिहान भागवत मञ्जरी दासी नवग्रह मन्दिर दर्शनका लागि आउने बताउँदै पोख्रेलले उनको स्वागत र सम्मानका लागि उपस्थित हुन सम्पूर्णमा आग्रह समेत गरेका छन् ।
यहाँ अवस्थित नवग्रह मन्दिरले देश/विदेशमा समेत चर्चा पाएको छ । यो मन्दिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भक्तजन र दर्शनार्थीका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ तिथि विशेष र शनिबार मात्र पूजाआजा हुने हुँदा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।