प्रचण्ड कप
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो

पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगितामा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब तेस्रो बनेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।
एभरेस्टमाथि न्यु डायमण्डले पहिलो सेट २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले सहज जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने न्यु डायमण्डले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ १४:२९
प्रतिक्रिया दिनुहोस्