Syangja Dainik Media
कालिका सामुदायिक स्वास्थ्य सेवा केन्द्रको अध्यक्षमा अर्याल निर्विरोध

स्याङ्जाको भीरकोट नगरपालिका -१ स्थित कालिका सामुदायिक स्वास्थ्य सेवा केन्द्रको अध्यक्षमा टुकराज अर्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार केन्द्रको १३ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट अर्याल संचालक समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा मेगनाथ अर्याल, सचिवमा तारा प्रसाद अर्याल, सहसचिवमा श्यामप्रसाद अर्याल र कोषाध्यक्षमा धुर्व पौडेल रहेका छन् ।

SDO_SYJ ADS

यस्तै, सदस्यमा भविश्वर कोइराला, चोलाकान्त अर्याल, मीनकुमारी अधिकारी, नरकाजी गुरुङ, लक्ष्मी पौडेल, सुर्य प्रसाद रेग्मी, कृष्णबहादुर रोका, परमलोचन अर्याल, शालिग्राम अर्याल, भोलानाथ वाग्ले, मोती प्रसाद अर्याल, हिरा रिजाल अर्याल, बोधराज अर्याल, जीवन प्रसाद अर्याल र बद्रीप्रसाद अर्याल रहेका छन् ।

समितिका नवनिर्वाचित अध्यक्ष अर्यालले आफ्नो जिम्मेवारीलाई इमानदारी तथा निष्ठाका साथ बहन गर्दै समाजको बृहत्तर हितमा समर्पित भई काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update