Syangja Dainik Media
जबरजस्ती करणीको आरोपमा फेदीखोलाका एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका -३ कराम्दीका २७ वर्षीय सुर्य मिजार रहेका छन् ।

बुधबार दिउँसो साढे दुई बजे परिवर्तित जिल्ला ४० स्थित परिवर्तित नाम ( ०८१/०८२ आँधिखोला १८० ) की ४० वर्षीया महिलामाथि घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

SDO_SYJ ADS

पीडित महिलालाई घरमा बसिरहेको अवस्थामा मिजारले जबरजस्ती करणी गरेको प्रवक्ता चौधरीले बताए । पीडितको जाहेरीका आधारमा मिजारलाई खोजतलास गर्ने क्रममा बिहीबार लुकिछिपी हिँड्दै गरेको अवस्थामा फेदीखोलाको आरुखर्कबाट नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले आरोपी मिजारलाई स्याङ्जा अदालतमा पेश गरेर जबरजस्ती करणीको कसुरमा सात दिनको म्याद थप गरी कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update