
तमु धिं नेपाल स्याङ्जा जिल्ला भेलाले शनिवार युवा समाजसेवी बालकुमार गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा आइ बहादुर गुरुङ, सचिवमा सुबेदार जितबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका छन् । यसरी नै सदस्यहरुमा रबिना गुरुङ, मनोज गुरुङ, सुकबहादुर गुरुङ, क्षेत्र बहादुर गुरुङ, मदन गुरुङ, बीरबहादुर गुरुङ, भुवनसिङ गुरुङ, शान्ता गुरुङ, डमप्रसाद गुरुङ र लिला गुरुङ रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने कोल्मा बहाकोट तमु समाजका अध्यक्ष पूर्णबहादुर गुरुङ, सोंपाल तमु समाजका प्रतिनिधी एवं तमु धिं नेपाल केन्द्रीय युवा समितिका वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, तमु कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, सातसय कोल्मा बहाकोट सम्पर्क मन्चका अध्यक्ष सुबेदार मेजर दुतप्रसाद गुरुङ, तमु धिं नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, महासचिव जुना गुरुङलगायतद्वारा टीका, फेता, खादालगायतबाट बधाई ज्ञापन गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष बालकुमार गुरुङले प्रतिबद्धता व्यक्त गर्दै तमु धिं नेपाल स्याङ्जाको जिम्मेवारी गौरवमयी बनाउने, गुरुङ एकता, तमु पहिचानको संरक्षण र सामुदायिक अधिकारको लागि क्रियाशील रहने बताए ।
भेलामा तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको एकता, तमुहरुको अधिकार प्राप्तिका लागि संगठन निर्माण आवश्यक रहेको बताएका थिए ।
कोल्मा बहाकोट तमु समाजका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश अध्यक्ष पदम गुरुङ, युवा समाजसेवी अभियन्ता बाल कुमार गुरुङ, तमु (गुरुङ) कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समिती अध्यक्ष पवित्रा देवी गुरुङ, सोंपाल तमु समाज प्रतिनिधि एवं केन्द्रीय युवा समिती वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रीय सदस्य एवं गुरुङ ब्युटी एकेडेमीकी संचालक चिनु गुरुङ, शिक्षिका पूर्ण कुमारी गुरुङलगायतले बोलेका थिए भने स्वागत तमु धिं नेपाल केन्द्रीय सदस्य एवं सांस्कृतिक विभाग प्रमुख कृष्ण कुमार गुरुङले र महासचिव जुना कुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा कोल्मा बहाकोट तमु समाजका कलाकारहरु र केन्द्रिय युवा समितिका सदस्य अरुण गुरुङले नृत्य प्रस्तुत गर्दै मनोरञ्जनसमेत दिलाएका थिए ।