
नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको नवौं अधिवेशनले शनिबार शंकरध्वज कार्कीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।
दुई दिनसम्म चलेको अधिवेशनमा आकाङ्क्षीहरुका बीचमा छलफल गरी कार्कीको अध्यक्षतामा सातजना पदाधिकारीसहित निर्विरोध समिती गठन भएको हो ।
समितीको वरिष्ठ उपाध्यक्षमा भोजराज सापकोटा (सन्तोष), उपाध्यक्षमा गोपालप्रसाद अर्याल, सचिवमा नारायणप्रसाद तिवारी, उपसचिवमा शिव भट्टराई, मोहन गिरी, सन्तोष भण्डारी रहेका छन् ।
सदस्यहरुमा मित्रबन्धु चपाईँ, सरोज गिरी, सिर्जना सुनार, सविन रानाभाट, छवीलाल विक, गिर बहादुर दर्जि (रेशम), मसराज राना, पुण्य गैह्रे, नारायणप्रसाद गैह्रे, सोबित बहादुर केसी, ढालबहादुर केसी रहेका छन् ।
यसैगरी, अर्जुनकुमार भण्डारी, रेशम विक, भोज बहादुर क्षेत्री, राजेन्द्र शाही, भिमबहादुर गुरुङ, बरुण चौधरी, युवराज अर्याल, थानेश्वर पौडेल, कृष्णप्रसाद अधिकारी, गोविन्द रेग्मी, सुनिल पौडेललगायत ३२ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनमा १० जना पार्टी सदस्य बराबर एकजना प्रतिनिधि रहने गरी छनोट भएकोमा २७५ जना पालिकाबाट प्रतिनिधि रहभागी भएका थिए । अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए ।