Syangja Dainik Media
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिका -१० मा अवस्थित राङ्खोला सामुदायिक सिकाइ केन्द्रले आयआर्जन वृद्धि गरी महिलाहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले बङ्गुरका पाठापाठी वितरण गरेको छ ।

पुतलीबजार -१० बरजाका २८ घरपरिवारका महिलाहरुलाई एक-एक वटाका दरले पाठापाठी वितरण गरिएको हो ।

महिलाहरुको आम्दानीको स्रोत वृद्धि गर्दै आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । यसले वास्तविक कृषि पेशामा संलग्न महिलाहरूलाई आत्मनिर्भर बनाउन निकै ठूलो सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ छ ।

नगर प्रमुख रेग्मीले कुनै पनि चिज एकपटक लिएर मात्र नहुने भन्दै व्यावसायिक बनी आयआर्जन गर्नुपर्नेमा जोड दिए ।

बङ्गुर पालनमा संलग्न रहेका तथा सो पेशामा संलग्न हुन चाहने महिलाहरुलाई लक्षित गरेर आयआर्जन वृद्धि गरी उनीहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ बङ्गुरका पाठापाठी वितरण गरिएको सिकाइ केन्द्रका सचिव सुरज कुमार अधिकारीले बताए ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update