Syangja Dainik Media
नाबालिक करणी आरोपमा अर्जुनचौपारीका एकजना पक्राउ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ का २८ वर्षीय सुर्य परियार नाबालिकलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

 

SDO_SYJ ADS

१४ वर्षीय नाबालिकलाई परियारले ललाईफकाई डर त्रासमा पारी करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

 

परियारलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update