Syangja Dainik Media
४३ औं बिपि स्मृति दिवस: नेपाली काङ्ग्रेस अर्जुनचौपारीद्वारा वृक्षरोपण

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा आयोजना गरिएको थियो । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र स्वच्छ प्रकृति निर्माणको उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा धुपी, कलकी, कपुर, रुद्राक्षलगायत अन्य प्रजातिका करिब २०० बिरुवा रोपिएका छन् ।

गाउँपालिका भरीका करिब १०० जनाको उत्साहजनक उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरू शोभाकान्त काफ्ले, सपना गुरुङ र प्रेम पौडेललगायतले बि.पि. कोइरालाको योगदानको स्मरण गर्दै हरियाली अभियानले सामाजिक उत्तरदायित्व बोक्ने धारणा व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस अर्जुनचौपारीद्वारा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update