Syangja Dainik Media
स्याङ्जामा ११ हजारभन्दा बढी गाँजाका बोट फडानी

अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवर्द्धन तथा कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउन स्याङ्जामा विशेष अपरेसन सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले स्थानीय तहका पदाधिकारीहरू, युवा क्लब र आमा समूहको सहकार्यमा स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा गाँजा खेती नियन्त्रणको अभियान सञ्चालन गरेको हो ।

उक्त अभियानअन्तर्गत प्रहरीले जम्मा ११ हजार ५४ (एघार हजार चौवन्न) हरियो गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनका अनुसार यस्तो अभियानले समुदायमा लागूपदार्थसम्बन्धी जनचेतना बढाउनुका साथै अपराध नियन्त्रणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । प्रहरीले आगामी दिनहरूमा समेत यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update