Syangja Dainik Media
दश महिना कैदी सजाय भोग्न बाँकी रहेका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

न्यायिक प्रक्रिया सुदृढ बनाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले २०५९ साल वैशाख २३ गते १० महिना १८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएका आँधिखोला गाउँपालिका –४, स्याङ्जा निवासी ४८ वर्षीय रामचन्द्र पौडेललाई २०८२ साउन १८ गते पक्राउ गरिएको हो ।

पौडेल अदालतको फैसलापछि फरार रहँदै आएका थिए । उनलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले अदालतबाट भएको फैसलाको प्रभावकारी कार्यान्वयन, न्यायिक कारबाहीको पूर्णता तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि अपरेसनलाई तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update