Syangja Dainik Media
झुटो निवेदन दिएर सुन तथा नगद लुकाउने दुई जना पक्राउ

स्याङ्जाको आँधिखोला गाउँपालिका –१ हिलेमा झुटो चोरीको निवेदन दिएर सुनका गरगहना तथा नगद रकम लुकाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला –१ हिलेकी ४१ वर्षीया चन्द्र कुमारी गुरूङ र ३८ वर्षीय धनराज गुरूङ रहेका छन् ।

यही साउन १२ गते बेलुकी चन्द्र कुमारी गुरूङले आफ्नै घरबाट ७.५ तोला सुनका गरगहना र नगद ४ हजार रुपैयाँ चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त सुन र नगद रकम चन्द्र कुमारी गुरूङ र धनराज गुरूङले आपसी मिलेमतोमा लुकाई छिपाई राखेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अनुसन्धानबाट झुटो निवेदन दिएको पुष्टि भएपछि साउन १७ गते दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार झुटो विवरण दिएर प्रहरी प्रशासनलाई भ्रमित गर्ने कार्य अपराध हो र यस्ता कार्यमा संलग्नहरूलाई कानूनअनुसार कडा कारबाही गरिनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update