सवारी ज्यान मुद्दाका फरार कसूरदार पक्राउ, अदालतमा पेश
विशेष अपरेशन टोलीको सक्रियता

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले वडा प्रहरी कार्यालय वालिङको विशेष अपरेशन टोलीले फरार कसूरदार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा ११ दिन कैद सजाय तोकिई फरार रहेका गल्याङ नगरपालिका –११, मजुवा निवासी ३९ वर्षीय मेघ बहादुर नेपालीलाई सोमबार पक्राउ गरिएको हो । उनलाई मिति २०८२ साउन २७ गते पक्राउ गरी सजाय भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
उक्त पक्राउले अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रतिबद्धता र कानूनी शासन सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १८:४५
प्रतिक्रिया दिनुहोस्