
नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा परेका छन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी बिर्घा र प्रहरी चौकी पिडीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले गल्याङ नगरपालिका –५ को ठुलोखोला र मोहनडाँडा क्षेत्रमा अवैध उत्खनन् गरिरहेको अवस्थामा तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेका सवारी साधनहरूमा लु १ क ५१८५ नम्बरको टिप्पर, लु १ क ५१८६ नम्बरको टिप्पर र प्र ३ ०१००३ क ७१२९ नम्बरको स्काभेटर रहेका छन् ।
नियन्त्रणमा लिइएका साधनहरूलाई २०८२ भदौ २८ गते वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कारबाहीको लागि गल्याङ नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार रोक्न नियमित अनुगमन र कडाइका साथ कारबाही अघि बढाइने जनाएको छ ।