Syangja Dainik Media
सामाजिक उत्तरदायित्वमा मुक्तिनाथ विकास बैंकको योगदान: विद्यालय पोशाक र कम्प्युटर प्रदान

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका –१३ स्थित महेन्द्र आधारभूत विद्यालयका ५३ विद्यार्थीलाई विद्यालय पोशाक र विद्यालयको प्रशासनिक कार्यका लागि एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य भरतप्रसाद लम्सालले जनताको विश्वासलाई निभाउन मुक्तिनाथ विकास बैंक सदैव जनतासँगै रहेर सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताए । उनले पुतलीबजार –१३ सम्भावना धेरै भए पनि विकासमा पछि परेको भन्दै हाल नगरपालिकाबाट बजेटको प्रवाहसँगै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरे ।

लम्सालले पुतलीबजार नगरपालिकामा स्थापित बैंकका हैसियतले यहाँका विद्यालयहरूको शैक्षिक उन्नतिमा विशेष प्राथमिकता दिइरहेको उल्लेख गर्दै वडा –१३ का सम्पूर्ण विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा वडा सदस्य सुर्यबहादुर रोकाहा, मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर रोकाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मनबहादुर रोकाहाले गरेका थिए ।

वि.सं. २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकका हाल देशभर १७८ शाखा सञ्चालनमा छन् । “जनता बैंकसम्म होइन, बैंक जनतासम्म” भन्ने उद्देश्यका साथ बैंकले आफ्नो सेवा विस्तार गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update