Syangja Dainik Media
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

स्याङ्जाको वालिङ नगरपालिका –५ बाहुनडाँडामा भएको कुटपिटमा परि एक युवकको मृत्यु भएको छ । गए राति करिब ११ बजे स्थानीय ३२ वर्षीय ढालबहादुर थापालाई अज्ञात कारणले कुटपिट गरी घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घाइते थापालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । तर डाक्टरहरूले राति १:३७ बजे उनलाई मृत घोषणा गरेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका –५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका –५ कान्तीका २४ वर्षीय अनिल शाहीलाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update