Syangja Dainik Media
फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत फरार कसूरदार पक्राउ परेका छन् ।

भदौ ९ गते सोमबार खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई जरिवाना भुक्तान नगरेर फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरी जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।

पक्राउ परेकामध्ये स्याङ्जा पुतलीबजार नगरपालिका –१३ का सन्त बहादुर दर्जी अंशवण्डा मुद्दामा दोषी ठहर भएका थिए । उनले ६ हजार ४४५ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो । त्यस्तै, भीरकोट नगरपालिका –२ का टोपलाल बिकको मृत्यु लगत कट्टसहित लुटपिट तथा कुटपिट मुद्दामा संलग्न रहेकोमा ५२७ रुपैयाँ ७७ पैसा जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाबाट असुल गर्नुपर्ने जरिवाना रकम जम्मा ६ हजार ९७२ रुपैयाँ ७७ पैसा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले अदालतको फैसला पूर्ण कार्यान्वयन गरी सुरक्षित र न्यायपूर्ण समाज निर्माणलाई सुनिश्चित गर्न प्रहरी सक्रिय रूपमा लागिपरेको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update