Syangja Dainik Media
तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका –१३ कुलबाँधस्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भदौ ९ गते सोमबार राति करिब ९:४५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले प्रेमराज थापाको घरमा छापा मारेको थियो । छापामारीका क्रममा ५२ पत्ती तास (१ बुक) र ११ हजार २७० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमा घरधनी ४९ वर्षीय प्रेमराज थापा, ५३ वर्षीय हिम प्रसाद सार्की, ३१ वर्षीय राजु थापा, ३१ वर्षीय सन्देश थापा (जलिन्द्र थापा) र ३१ वर्षीय राजु थापा (रोविन थापा) रहेका छन् । उनीहरू सबै पुतलीबजार –१३ का स्थानीय हुन् ।

जुवा खेलेको कसूरमा पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update