Syangja Dainik Media
१२ वर्षदेखि फरार अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले १२ वर्षदेखि फरार रहेका अपहरण कसूरदारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –५ बस्ने ३८ वर्षीय ठाकूर बिकलाई पक्राउ गरेको हो । उनलाई २०७० साल चैत १८ गते उच्च अदालत पोखराले अपहरण तथा शरीर बन्धक कसूरमा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसाला भएपछि फरार बनेका बिकलाई प्रहरी टोलीले २०८२ साल भदौ १० गते कास्कीको पोखरा–छोरेपाटनबाट पक्राउ गरी भदौ ११ गते जिल्ला अदालत स्याङ्जामा पेश गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार अदालतले तोकेको कैद सजाय र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update