Syangja Dainik Media
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । त्यसै दिन नेवार समुदायले मनाउने किजापूजा पनि गर्नुपर्ने जनाइएको छ ।

SDO_SYJ ADS

भोलि मंगलबारदेखी यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू हुँदैछ । भोलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने पर्सि बुधबार परेको छ । समितिका अनुसार कागतिहार पनि बुधबार नै मनाउनुपर्ने छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

यस्तै, कुकर तिहार कात्तिक १५ गते बिहीबार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।

शुक्रबार औंशी छ भने १७ गते गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update