Syangja Dainik Media
अवैध रूपमा नदीजन्य पदार्थ ओसार्ने तीन ट्याक्टर नियन्त्रण

स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको गस्ती टोलीले पुतलीबजार नगरपालिका –१ मालेबगरस्थित आँधीखोला किनारबाट ढुङ्गा लोड गरिरहेका ग १ त ६६७५ र ग १ त ४०२३ नम्बरका ट्याक्टर बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, शुक्रबार बिहान भीरकोट नगरपालिका –७ बलमाटामा ग १ त ६५३३ नम्बरको ट्याक्टर बालुवा ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टरहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

स्याङ्जा प्रहरीले पछिल्लो समयमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीमा तीव्रता देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update