Syangja Dainik Media
सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ, आज मन्त्रिपरिषद् विस्तारको सम्भावना

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार शपथ लिएकी छन् । उनले सबै मन्त्रालयको जिम्मेवारी तत्कालका लागि आफैं सम्हाल्ने घोषणा गरेकी छन् । मन्त्रिपरिषद् विस्तार भने आजसम्ममा हुने संभावना रहेको छ ।

शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई शपथ गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा कूटनीतिज्ञहरुको उपस्थिति थियो ।

जेन-जेड आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली भने समारोहमा देखिएनन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल पनि अनुपस्थित रहे ।

तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने शपथ ग्रहणमा सहभागी भएका थिए ।

कार्कीको नेतृत्वमा बनेको यो अन्तरिम सरकारलाई मुलुकको राजनीतिक संक्रमण पार गर्नुपर्ने चुनौती रहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update