राष्ट्रपतिबाट प्रधानमन्त्री कार्कीलाई शुभकामना: ‘तपाईं सफल हुनुहोस्, देश सफल होस्’

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउने शुभकामना दिएका छन् ।
शुक्रबार शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले कार्कीलाई बधाई दिँदै भने, ‘बधाई छ, धेरैधेरै शुभकामना । तपाईं सफल हुनुहोस्, देश सफल होस् ।’
शपथपश्चात उद्घोषकले बधाई, शुभकामना तथा फोटो सेसनका लागि उपस्थितहरुलाई आह्वान गरेका थिए । त्यस क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छोटकरीमा शुभकामना आदानप्रदान भएको थियो ।
कार्कीले सबै मन्त्रालयको जिम्मेवारी आफैं लिएकी छन् भने मन्त्रिपरिषद् विस्तार आज हुने संभावना छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्