Syangja Dainik Media
बाल दिवसमा तय भएको पञ्चेबाजा प्रतियोगिता स्थगित

राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले आज आयोजना गर्ने भनिएको बालबालिकाबीचको पञ्चेबाजा प्रतियोगिता स्थगित भएको छ ।

बालबालिकाको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने भनिएको उक्त कार्यक्रम तत्कालका लागि रोकिएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले देशको प्रतिकूल अवस्थाका कारण प्रतियोगिता स्थगित गरिएको जानकारी दिए ।

‘देश विषम परिस्थितिमा रहेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गर्नुपरेको हो,’ प्रमुख पौडेलले भने, ‘अवस्था सामान्य बनेपछि कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।’

स्थगित प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने व्यवस्था गरिएको थियो । आज हुने भनिएको सो प्रतियोगिताले बालबालिकाको प्रतिभा र सांस्कृतिक चासोलाई उजागर गर्ने अपेक्षा गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update