Syangja Dainik Media
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका –२ अरौंदीखोलाबाट अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भदौ ३० गते दिउँसो करिब ४ बजेर ३० मिनेटतिर खोलाले बगाएर ल्याएको गिट्टी जस्तो देखिने ग्राभेल लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा ग १ त ४७९३ नम्बरको ट्याक्टर फेला परेको हो ।

उक्त ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारविरुद्ध अभियानलाई कडाइका साथ अघि बढाइरहेको बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update