Syangja Dainik Media
नियमित समयमा मात्र राष्ट्रिय परिचयपत्र सेवा

सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीसँगै सामान्य सेवाग्राहीको अत्याधिक चापका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहानैदेखि सुरु गर्दै आएको राष्ट्रिय परिचयपत्र सेवा अब रोकिएको छ ।

गत साउन २८ गतेदेखि बिहान ८ बजेबाट सेवाग्राहीलाई सहज बनाउन प्रयोगमा ल्याइएको व्यवस्था असोज ७ गतेदेखि स्थगित गरिएको हो । अबदेखि सेवाग्राहीहरूले नियमित कार्यालय समयमै सेवा लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

उनका अनुसार हाल जनशक्ति व्यवस्थापनसँगै सेवाग्राहीको चाप घट्दै गएको हुँदा बिहान ८ बजे नै सेवा सुरु गर्ने आवश्यक छैन । सोही कारण बिहानको सेवा रोक्दै, नियमित समयमा मात्र सेवा दिने निर्णय गरिएको हो ।

यससँगै सबै स्थानीय तहलाई पनि आम जनतालाई यथार्थ जानकारी गराउन र समन्वय गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update