Syangja Dainik Media
स्याङ्जामा अवैध उत्खनन् तथा ओसारपसारमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा

स्याङ्जामा स्थानीय सडक छेउमा अवैध रूपमा भइरहेको उत्खनन् तथा ओसारपसारमा संलग्न सवारीसाधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका –७ चौतारियाथरमा लु १ क २९९० नम्बरको जेसीबीले चुनढुङ्गा उत्खनन् गरी ग १ त ४८७२ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले तत्कालै उक्त जेसीबी र ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update