Syangja Dainik Media
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

तनहुँको दमौली कारागार कार्यालयबाट फरार भएका लागूऔषध मुद्दाका कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

जेन-जेड आन्दोलनको क्रममा गत भदौ २४ गते राति कारागार तोडी फरार भएका पुतलीबजार नगरपालिका –१४ स्यानचौर घर भएका ४१ वर्षीय यमबहादुर बिकलाई विशेष सूचनाको आधारमा स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले बिकलाई सोमबार उनको आफ्नै घरबाट नियन्त्रणमा लिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए । पक्राउ परेका बिक लागूऔषध (हिरोइन) मुद्दामा कैद सजाय भोगिरहेका थिए ।

प्रहरीले उनलाई थप कानुनी प्रक्रियाका लागि जिल्ला कारागार, स्याङ्जा पठाएको जानकारी दिएको छ ।

प्रहरी निरीक्षक तिवारीका अनुसार, जेन-जेडको आन्दोलनका क्रममा विभिन्न कारागारबाट कैदीहरु फरार हुने घटनापछि प्रहरीको निरन्तर निगरानी र अनुसन्धानकै क्रममा बिकलाई पक्राउ गर्न सकिएको हो । स्याङ्जा प्रहरीले यसअघि काठमाडौं केन्द्रीय कारागारका फरार दुईजना र कास्की कारागारबाट फरार भएका तीनजना कैदीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update