Syangja Dainik Media
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिइएको छ । कोजाग्रत पूर्णिमाका दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले गत वर्षको चैत १२ गते नै कोजाग्रत पूर्णिमाको दिन (असोज २० गते) बिदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिने नियमित बिदाबाहेक प्रदेशस्तरमै थप बिदा दिने निर्णय त्यतिबेलै गरिएको हो ।

गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमासँगै प्रदेश स्थापना दिवस, चैते दशैं र भानुजयन्तीमा पनि सार्वजनिक बिदा दिने गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update