Syangja Dainik Media
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका –१०, गाहाखोला स्थित आँधीखोलाको किनारबाट ग १ त ६११० नम्बरको ट्याक्टर बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

बुधबार नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

डिएसपी चौधरीका अनुसार नदिजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि प्रहरीको निगरानी थप कडाइका साथ भइरहेको छ ।

अवैध उत्खनन नियन्त्रणका विषयमा प्रहरी र स्थानीय निकायबीच सहकार्यका प्रयास तीव्र पारिएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update