Syangja Dainik Media
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

गए राति करिब १० बजे, स्याङ्जाको चापाकोट नगरपालिका स्थित क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार भइरहेको सूचनाको आधारमा प्रहरीले रातको छड्के कारबाही गरेको छ ।

इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी प्रहरी चौकी दामाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले चापाकोट नगरपालिका –७ बनकट्टा घाटमा बालुवा लोड गरी लैजाने क्रममा दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

नियन्त्रणमा परेका ट्याक्टरहरू लु ४ त १८६४ र लु ४ त ९७२४ नम्बरका रहेका छन् । दुबै ट्याक्टरमा अवैध रूपमा बालुवा लोड गरी ओसार–पसार गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएका ट्याक्टर अहिले आवश्यक अनुसन्धान र कारबाहीका लागि चापाकोट नगरपालिका कार्यालय, स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ ।

यस प्रकारका अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही कडाइका साथ अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update