Syangja Dainik Media
स्याङ्जामा फरार दुई कसूरदार पक्राउ

अदालतबाट भएका फैसलाहरूको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतबाट जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार दुई कसूरदारहरूलाई शुक्रबार पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।

पक्राउ पर्नेमा बिना इजाजत सालको काठ ओसारपसार मुद्दाका फरार दोषी पाल्पा रम्भा गाउँपालिका –१ स्थायी घर भई हाल स्याङ्जा, गल्याङ नगरपालिका –९ बस्ने याम बहादुर गाहा रहेका छन् । उनले एक हजार रुपैयाँ जरिवाना तिर्न बाँकी थियो ।

त्यस्तै, आँधीखोला गाउँपालिका –५ की रमा पौडेललाई भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्न बाँकी अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

दुबै कसूरदारलाई जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयनमार्फत सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update