Syangja Dainik Media
अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

नदिजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार नियन्त्रणका लागि प्रहरीले स्याङ्जामा कडाइ बढाएको छ ।

यही असोज २५ गते साँझ करिब ५:३० बजे वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका –१३ गाहाखोला स्थित आँधीखोलाको किनारबाट अवैध रूपमा बालुवा लोड भइरहेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ग १ त ६९४० नम्बरको ट्याक्टर बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको थियो । ट्याक्टर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय स्याङ्जा जिल्लाभर अवैध उत्खनन, ढुंगा–गिट्टी र बालुवा ओसार–पसार रोक्न नियमित अनुगमन र निगरानी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update