Syangja Dainik Media
अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

स्याङ्जाको भीरकोट नगरपालिका –७ बलमाटा क्षेत्रमा नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन र ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो करिब १:३० बजे प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले ग १ त ५०३९ र ग १ त ६२६३ नम्बरका ट्याक्टरहरु ढुंगा लोड गरिरहेको अवस्थामा फेला पारेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उक्त ट्याक्टरहरु नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि भीरकोट नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ । नगरपालिकाले दुवै ट्याक्टरलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न नियमित निगरानी बढाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update