Syangja Dainik Media
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ आँधीखोला किनारमा अवैध रुपमा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिट्टी–बालुवा लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसारको क्रममा फेला पारी ग १ त ४२७३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update