Syangja Dainik Media
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

स्याङ्जाको वालिङ नगरपालिका –९ सुर्कौदी क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको बेला प्रहरीले एक टिप्पर नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रहरीले बाहुनथान–मिर्दी सडकखण्डबाट ग १ क ५०९० नम्बरको टिप्पर ढुङ्गासहित फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धानमा उक्त टिप्‍पर नदिजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमै संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

उक्त सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि वालिङ नगरपालिकामा बुझाइएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।

यहाँका खोलानालामा अनधिकृत उत्खनन बढ्दै गएको र यसले वातावरणीय सन्तुलन तथा सडक संरचनामा नकारात्मक असर पारिरहेको छ । यस्ता गतिविधि रोक्न निगरानी थप कडा बनाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update