Syangja Dainik Media
अवैध रूपमा बालुवा ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

स्याङ्जा प्रहरीले अवैध रूपमा नदिजन्य बालुवा उत्खनन् गरी ओसारपसारमा प्रयोग भएको एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो करिब साढे १ बजे भीरकोट नगरपालिका–४ छाङछाङ्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा लु ३ त ४८९२ नम्बरको ट्याक्टरले बालुवा बोकेर ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्याक्टरबारे आवश्यक अनुसन्धान अघि बढाइएको र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार रोक्न निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update