Syangja Dainik Media
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१ माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका रहेका छन् ।

परिवर्तित जिल्ला ४० अन्तर्गत ३८ वर्षीया महिलामाथि २०८२ साल साउन २५ गते दिउँसो करिब १२ बजे जबरजस्ती करणी भएको भन्दै पीडित पक्षबाट पुस २६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो । आरोपित व्यक्तिलाई पुस २६ गते साँझ करिब ७ बजे सोही वडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

आरोपितलाई पुस २८ गते स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी चौधरीले बताए । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update