भिरबाट लडेर युवकको मृत्यु
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा मौरीभिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
२८ वर्षीय स्थानीय सोभाकान्त ढकालको मौरीभिरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
शुक्रबार दिउँसो घरबाट घाँस काट्न जाने क्रममा ढकाल करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल पुतलिबजार स्याङ्जा पठाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२ १८:५७
प्रतिक्रिया दिनुहोस्





