
ज्याग्दीखोला साहित्य प्रतिष्ठानको तेस्रो अधिवेशनले पुनः देवेन्द्र लम्सालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टंकनाथ पुरी, सचिवमा शालिकराम लम्साल, सहसचिव नारायण मरासिनी र कोषाध्यक्षमा खेमराज मरासिनी रहेका छन् ।
समितिको सदस्यमा विन्दु शर्मा, गायत्री लम्साल, मिनुइन्द्र लम्साल, हिमालय जङ बानियाँ, चिन्तु गिरी, शम्भु अर्याल, पारिश्वर न्यौपाने, मिलन समीर, रेशम बहादुर गोतामे , रामेश्वर लम्साल, विनोद लम्साल र मुकुन्द्र डोटेल रहेका छन् ।
अधिवेशनमा ज्याग्दीखोलाको तरंग पूणर्णाङ्क ३८ को साहित्यकार मिलन समीरले परिचर्चा गरेका थिए । कार्यक्रममा मिलन समीर, सम्भु अर्याल, पारिश्वर न्यौपानेलगायतका कविहरुले आआफ्ना रचनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले साहित्य सबैमा हुने बताउँदै प्रस्तुत गर्ने तरिका मात्र फरक हुने बताए ।