Syangja Dainik Media
स्याङ्जामा छ साहित्यिक स्रष्टालाई सम्मान

स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा छ जना साहित्यिक स्रष्टालाई शनिबार सम्मान गरिएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान, रचना वाचन एवम् रजस्थल साहित्यिक पत्रिकाको शताङक विमोचन कार्यक्रममा सम्मान गरिएको हो ।

यहाँ प्रतिष्ठानले स्थापना गरेको कालीगण्डकी साहित्य कला पुरस्कारबाट राइपुर तनहुँ(हाल चितवन)का डाक्टर धनेश्वर भट्टराई, पुतलीबजार नगरपालिका –१४ का तुलसी गिरीले स्थापना गरेको यानीति साहित्य पुरस्कारबाट वालिङ नगरपालिका –१२(हाल ललितपुर) का शान्ति सापकोटा, राङखोला लक्ष्मी स्मृति पुस्तकालयले स्थापना गरेको महाकवि देवकोटा पुरस्कारबाट जलजला –५ पर्वतका डाक्टर जगन्नाथ रेग्मी सम्मानित भएका हुन् ।

यस्तै, निर्मल गिरी/टुकमाया गिरी पर्यावरण पुरस्कारबाट सहिद लखन गोरखाका नारायाण प्रसाद पोखरेल, रुयली स्मृति साहित्य पुरस्कारबाट शंकर पोखरी पर्वत(हाल नवलपुर)का सदानन्द जैसी, बलराम–टोपली देवी स्मृति बाङमय पुरस्कारबाट चम्पानगर चितवनका प्रकाश चापागाईंलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले जानाकारी दिए ।

यहाँ महाकवि देवकोटा पुरस्कार पाउने रेग्मीलाई २० हजार रुपैयाँ नगद र अन्य पुरस्कार पाउने सबैलाई नगद १५/१५ हजार रुपैयाँ नगदसहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको हो ।

लामो समयबाट साहित्य सेवामा समर्पित भई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याइएको योगदानको उच्च मूल्याङ्कनस्वरुप प्रदान गरिएको सम्मान र पुरस्कारहरु प्राडा निर्मोही ब्यासले प्रदान गरेका थिए ।

कार्यक्रममा साहित्यकार डा बिष्णु प्रसाद शर्मा, चिन्तु गिरी, ओम प्रकाश शर्मा, मिलन समिर, सम्भु अर्याल, लिलाम्बर ढुंगाना, लक्ष्मी काफ्ले, श्याम प्रसाद ढुंगाना, सम्झना थापा,  त्रिभुवन शर्मालगायतले रचना वाचन गरेका थिए ।

यस्तै, स्याङ्जाबाट २०५५ बाट प्रकाशन गरिएको रजस्थल त्रैमासिक साहित्यिक पत्रिकाको शताङकको विमोचन समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update