Syangja Dainik Media

पोखरा कार्यक्षेत्र बनाएका लोकगायक नेत्र खड्काको 'आँधीखोले मायाको बोली' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । दुई दिनअघि मात्र सार्वजनिक यो गीतको भिडियो 'नेत्र खड्का' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लोकदोहोरी गायक खड्का र दीपक नेपालीको शब्द तथा गायक खड्काकै संगीतमा सार्वजनिक यस गीतमा खड्कासहित लोकदोहोरी गायिका मनु राना मगरको स्वर रहेको छ ।

कुशल निर्देशक जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा रहेको यस गीतको भिडियोमा सलिना थापा, नेत्र खड्का, जेरी भण्डारी र मनु राना मगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

यस्तै, दिनेश पराजुलीले छायांकन गरेको भिडियो सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत र भिडियोलाई लिएर स्रोता दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको गायक नेत्र खड्का बताउँछन् ।

लोकगायक खड्काले आफूले सिर्जना गरेका हरेक गीतलाई दर्शक तथा श्रोताले हेरेर र सुनेर साथ दिएको बताउँछन् ।

गायक नेत्र खड्काका यसअघिका ‘पराईको डोली, भेट्न आउ है काली, छड्के कपाल कोरी’ लगायतका गीतलाई पनि दर्शकहरुले असाध्यै मन पराएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update