Syangja Dainik Media
स्याङ्जाका स्थानीय तहका बजेट सात अर्ब ३५ करोडभन्दा बढी

पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका सबै पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट ल्याएका छन् ।

यहाँका ११ पालिकाले चालू तथा पूँजीगत गरेर सात अर्ब ३५ करोड ४७ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छन् ।

यहाँ नगरपालिकातर्फ सबैभन्दा धेरै वालिङ् नगरपालिकाले एक अर्ब पाँच करोड ७६ लाख नौ हजार नौ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

यस्तै, पुतलीबजार नगरपालिकाले एक अर्ब तीन करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको हो । यहाँ बजेटमा चालूतर्फ ६४ करोड आठ लाख र पूँजीगततर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरिएको हो ।

भीरकोट नगरपालिकाले ८२ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । यहाँ बजेटमा चालूतर्फ ६३ करोड ९७ लाख ८६ हजार र पूँजीगततर्फ १८ करोड ३० लाख ६६ हजार रुपैयाँ रहेको छ ।

गल्याङ नगरपालिकाले ७५ करोड ९५ लाख ४९ हजार ३४३ रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमा चालूतर्फ ४८ लाख ३७ हजार ४५ हजार र पूँजीगततर्फ २७ करोड ५८ लाख चार हजार ३४३ रुपैयाँ रहेको छ ।

चापाकोट नगरपालिकाले ७५ करोड एक लाख ७२ हजार ८२० रुपैयाँ बराबरको बजेट ल्याएको छ । यहाँ चालूतर्फ ५९ करोड एक लाख ७२ हजार ८२० र पूँजीगततर्फ १६ करोड रहेको छ ।

यसैगरी, गाउँपालिकातर्फ सबैभन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । यहाँ चालूतर्फ ३८ करोड १९ लाख ५६ हजार ५८० र पूँजीगततर्फ २३ करोड ४१ लाख दुई हजार ४२० रुपैयाँ रहेको छ ।

आँधीखोला गाउँपालिकाले ५२ करोड ४५ लाख ५६ हजार बराबरको बजेट ल्याएको छ । पालिकाले ल्याएको बजेटमा चालूतर्फ ३४ करोड १३ लाख ५६ हजार र पूँजीगततर्फ १८ करोड ३२ लाख रहेको छ ।

बिरुवा गाउँपालिकाले ४८ करोड ६० लाख ५८ हजार ५६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको हो । यहाँ चालूतर्फ ३५ करोड ३२ लाख छ हजार ५६१ र पूँजीगततर्फ १३ करोड ३८ लाख ५२ हजार रहेको छ ।

अर्जुनचौपारी गाउँपालिकाले ४५ करोड ३७ लाख १० हजार ६५३ रुपैयाँको बजेट ल्याएको हो । यहाँ चालूतर्फ ३२ करोड सात लाख २० हजार र पूँजीगततर्फ १३ करोड २९ लाख ९० हजार ६५३ रुपैयाँ अनुमानित बजेट रहेको छ ।

हरिनास गाउँपालिकाले ४३ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । यहाँ चालूतर्फ २६ करोड ३८ लाख र पूँजीगततर्फ १७ करोड चार लाख ५० हजार रहेको छ ।

यस्तै, फेदीखोला गाउँपालिकाले ४१ करोड तीन लाख ५३ हजार दुई सय बराबरको बजेट ल्याएको हो । बजेटमा चालूतर्फ खर्च २९ करोड ७९ लाख १५ हजार दुई सय र पूँजीगततर्फ खर्च ११ करोड २४ लाख ३८ हजार रहेको छ ।

स्याङ्जामा पालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update