Syangja Dainik Media
हरितालिका तीजमा सूर्योदयको खुला गीत तथा नृत्य प्रतियोगिता

हिन्दू धर्मावलम्बीहरुको महान पर्व हरितालिका तीज –२०८२ को पावन अवसरमा कला र संस्कृतिको संरक्षण गर्दै खुला तीज गीत तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ ।

कार्यक्रम आगामी भदौ ७ गते शनिबार बिहान ११:०० बजे पुतलीबजार नगरपालिका –३, बाड्खोलास्थित शिशु निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा हुने सूर्योदय महिला क्लबकी अध्यक्ष तारा पौडेल श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । नृत्यतर्फ भने प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार रुपैयाँसहित प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

कार्यक्रममा सहभागी हुने टोलीले फोनमार्फत दर्ता गराउन सक्ने र दर्ता नि:शुल्क हुने आयोजकले जनाएका छन् । विभिन्न टोलबाट सहभागी टोलीसहित उपस्थितिका लागि आयोजक समितिले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update