Syangja Dainik Media
समाचार प्रभाव: पुतलीबजारको पुण्यशिला विद्यालयमा भोलिपल्टै नयाँ समिति

स्याङ्जा दैनिक डटकममा शनिबार प्रकाशित “पुतलीबजारको पुण्यशिला विद्यालयमा समिती गठन अझै अधुरो” भन्ने समाचारले प्रत्यक्ष प्रभाव पारेपछि भोलिपल्टै विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

गत भाद्र १२ गते विघटन भएको पुतलीबजार नगरपालिका –३, निरबिरेस्थित पुण्यशिला आधारभूत विद्यालयमा आइतबार नयाँ समिति चयन गरिएको हो ।

नवगठित समितिको अध्यक्षमा एकनारायण मरासिनी पुनः चयन भएका छन् । उनी यसअघि पनि समितिको नेतृत्व गरिसकेका थिए । यो उनको लगातार दोस्रो कार्यकाल हो ।

मरासिनीको अध्यक्षतामा गठित समितिमा शालिग्राम उपाध्याय, खेमराज मरासिनी, मीरा भुजेल, अप्सरा भुजेल, खेम कुमारी मरासिनी, वडा प्रतिनिधि सोमबहादुर कुँवर, शिक्षक प्रतिनिधि दिनेश अर्याल सदस्य बनेका छन् । समितिको सदस्य सचिवमा प्रधानाध्यापक ओमप्रकाश रेग्मी जिम्मेवारी पाएका छन् ।

विद्यालय समिती विघटनसँगै बसेको बैठकले यसअघि नै शिक्षक–अभिभावक संघको संयोजकमा भिम कुमारी लामिछाने ‘चन्द्र’लाई चयन गरेको थियो । संघका अन्य सदस्य भने दुई–चार दिनभित्रै चयन हुने विद्यालय स्रोतले जनाएको छ ।

विद्यालयका शुभेच्छुक मोतीप्रसाद मरासिनीका अनुसार नयाँ व्यवस्थापन समितीले शैक्षिक गुणस्तर र भौतिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update