Syangja Dainik Media

तारा पौडेल श्रेष्ठले आफ्नो नयाँ गीत ‘थर एउटै, घर एउटै’ सार्वजनिक गरेकी छन् । तीन दिनअघि ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत आएको यो गीतले छोटो समयमा दर्शक–श्रोताको ध्यान तान्न थालेको छ ।

कृष्ण लामिछानेको शब्द तथा नेत्र भण्डारीले संगीत भरेको यस गीतमा तारा पौडेल श्रेष्ठ र नेत्र भण्डारीको सुमधुर आवाजले झनै जीवन्त बनाएको छ ।

मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा लोमश शर्मा र नम्रता थापासहितका कलाकारको अभिनय झल्किन्छ । भिडियोको छायांकन बुद्ध थापा र सम्पादन नवीन घर्ती मगरले सम्हालेका छन् ।

गीत र भिडियो दुवैप्रति दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायिका श्रेष्ठ बताउँछिन् । उनले भनिन्, “दर्शक–श्रोताले नयाँ गीतमा सुरुमै दिएको साथ र माया मेरो लागि प्रेरणाको स्रोत बनेको छ ।”

यस गीतले जातीयता तथा एउटै घरको भावना लाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ । गीतले थर, जात र पहिचानले मानिसलाई अलग–अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ ।

दैनिक जीवनका सानाठूला प्रसंगमार्फत एउटै घरको आपसी सम्बन्ध, अपनत्व र सम्मानलाई गीतले मन छुने शैलीमा उतारेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update