Syangja Dainik Media
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ

स्याङ्जाको आँधीखोला गाउँपालिका -५ जुग्ले स्थित आँधीखोला इङ्लिस बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुलाई मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराएको छ ।

अभ्यास स्वरुप स्कुलमा अन्तरसदनात्मक 'आँधीखोला सेरोफेरो' भन्ने विषयमा  लोक भजन प्रतियोगिता गरिएको प्रधानाध्यापक स्मृति काफ्लेले जानकारी दिइन् । लोप हुँदै गरेको मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत कला, संस्कृतिको बारेमा सिकाउन अभ्यास स्वरुप लोक भजन प्रतियोगिता गरिएको प्रधानाध्यापक काफ्लेको भनाइ थियो ।

SDO_SYJ ADS

'हिजोका लोक संस्कृतिहरु भजन, किर्तन, मौलिक लोक गित, संगीत सुन्दा अबको पुस्ता अचम्मित नहोस्' भन्दै कलिला बालबालिकालाई मौलिक संस्कृतितर्फ पनि प्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक काफ्लेले बताइन् ।

उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयका चार सदनका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गरिएको बताइन् । प्रतियोगितामा कर्णाली सदन, बाग्मती सदन, लुम्बिनी सदन र गण्डकी सदन क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो बनेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update