Syangja Dainik Media
पुतलीबजारका २५७ जना कृषकलाई हाते ट्याक्टर वितरण
हाते ट्याक्टर वितरण गरिँदै ।

पुतलीबजार नगरपालिकाले २५७ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा वडा नं – ३ मा ३० जना, वडा नं – ४ मा २८ जना,  वडा नं – ५ मा ३२ जना, वडा नं –  ९ मा चार जना, वडा नं –१० मा ३४ जना, वडा नं –११ मा ३१ जना, वडा नं –१३ मा ४८ जना, वडा नं –१४ मा ५० जना कृषकहरुलाई मिनी टेलर (हाते ट्याक्टर) वितरण गरेको हो ।

SDO_SYJ ADS

वडाका कृषकको माग बमोजिम कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख तुलसीराम रेग्मीले नगरलाई कृषि क्षेत्रको यान्त्रिकरणमा अघि बढाउन यसअघि अन्य वडामा १२० वटा हाते टयाक्टर वितरण गरिएको बताए । रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषिबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध समेत गरेका छन् ।

कृषकले ५० प्रतिशत अर्थात्  १३ हजार १२५ रुपैयाँ तिरेर पेट्रोलबाट चल्ने सात हेक्टरको हाते ट्याक्टर पाएको कृषि प्रमुख अरुण रेग्मीले बताए ।

विगतमा वर्षमा समेत २५० वटा हाते ट्याक्टर पालिकाबाट वितरण गरिएको र पहिला नलगेका र आवश्यकताको आधारमा कृषकलाई दिइएको पालिकाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update